विश्व
भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो
विराटचोकः एशियाली देशमध्ये सबैभन्दा धेरै कोरोना संक्रमित भएको देश भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख नाघेको छ ।
वर्ल्ड ओ मिटर्स डट इन्फोको आज मंगलबार साँझ सवा ८ बजेको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या २ लाख १ हजार ९ जना पुगेको छ । संक्रमितमध्ये ५ हजार ६ सय २८ जनाको ज्यान गएको छ ।
९६ हजार ५ सय ३४ जना संक्रमित निको भएका छन् भने ९८ हजार ८ सय ४७ जना संक्रमितको उपचार भइरहेको छ । उपचाररत्मध्ये जनाको अवस्था जटिल रहेको छ । भारत सबैभन्दा बढी कोरोना संक्रमित हुने देशको सूचीमा सातौँ नम्बरमा रहेको छ ।
कोरोना संक्रमितको संख्यामा फ्रान्सलाई पनि पछि पार्याे भारतले, आजै जर्मनीलाई पनि पछि पारेको थियो
जर्मनीमा भन्दा भारतमा बढी कोरोना संक्रमित
भारतमा एकै दिन ८ हजारभन्दा बढी कोरोना संक्रमित, यस्तो छ सार्कको अवस्था
Facebook Comment
Banner
मदनकृष्ण श्रेष्ठ आफू विवादमा आएको बोलीप्रति भन्नुहुन्छ—
मदनकृष्ण श्रेष्ठ आफू विवादमा आएको बोलीप्रति भन्नुहुन्छ— ” म भावुक मान्छे हु । आमा नभएको मान्छे भएर होला, श्रीमती गुमाएको देखि झनै भावुक छु । म सबै तीन करोड नेपालीलाई आफ्नो ठान्छु । म सबैको हित चाहने, कसैलाई नराम्रो नहोस् भने सोच्छौं । तर पनि सधैँ राम्रो नहुन सक्छ, हुँदैन पनि । मैले बोल्दा पूरा बोलिन, पछि पत्रकार भाई गएपछि पूरा गर्न पनि पाइन् । यसैले मैले जति बोले त्यो प्रति पश्चताप छ
Banner
कोलकाताले चुम्यो तेस्रो पटक आइपिएलको उपाधि
सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताको यो तेस्रो उपाधि हो ।
पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो । त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो ।
तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा ग¥यो।
कोलकाता वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
रहमानउल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे। हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १÷१ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।
हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
एडन मारक्रम २०, हाइनरिक क्लासन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए । २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए ।
मिचल स्टार्क र हर्षित राणाले २÷२ विकेट लिए । यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १÷१ विकेट लिए ।
Banner
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई ४ थान बिधुतिय टेम्पो हस्तान्तरण
प्रहरीलाई ४ थान बिद्युतिय टेम्पो हस्तान्तरण
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई शान्ति सुरक्षाको निम्ति परिचालन गर्न अटो सिटि बजाज सोरुम इटहरी सुनसरीका संचालक प्रदिप कुमार सन्थालियाले ४ थान बिद्युतिय टेम्पो प्रदान गर्नु भएको छ । १३ गते दिउँसो नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीमा आयोजित एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई सन्थालियाले ४ थान बिद्युतिय टेम्पो हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले कोशी प्रदेश प्रहरी कार्यालयलाई प्राप्त भएको उक्त बिद्युतिय टेम्पो ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई १ थान, समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि परिचालन गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मी र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियालाई १/१ थान हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खापुङले प्रहरीलाई बिद्युतिय टेम्पो प्रदान गरी सहयोग गर्नु हुने सन्थालियालाई हार्दिक धन्यवाद दिनु हुँदै उक्त बिद्युतिय टेम्पो प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनका साथै समाजमा सचेतनामुलक कार्यक्रम संचालन गर्न नियमितरुपमा प्रयोग गरीने बताउनु भयो ।
कार्यक्रममा समाजसेवी सन्थालियाले समाजमा शान्ति सुरक्षा प्रदान गर्न अहोरात्र खटिदा सुरक्षाकर्मीलाई सहजता मिलोस भनेर उक्त बिद्युतिय टेम्पो आफुले प्रदान गरेको बताउनु भयो ।
उक्त कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृत लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको साथै संचारकर्मीहरुको समेतको उपस्थिति रहेको थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login